
नेपाल सुपर लिग एनएसएल फुटबलमा आज पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा र एफसी चितवनको खेल दिउँसो १ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यस्तै ललितपुर र बुटवल लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
हिजोबाट सुरु भएको ९ टोली सहभागी एनएसएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामलाई १–० गोलले हराएको थियो ।