
काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे २ करोड रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको छ । चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत महिनासम्मको अवधिमा २ करोड ४९ लाख रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको हो ।
यस अवधिमा ६लाख १३ हजार किलोग्राम रुद्राक्ष निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालबाट चीन, अमेरिका र भारतमा रुद्राक्ष निर्यात हुँदै आइरहेको छ । सबैभन्दा धेरै भारततर्फ १ करोड १० लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको छ ।
यसपछि, चीनमा ७८ लाख ८० हजार र अमेरिकामा ६० लाख ३६ हजार रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको छ । यस्तै, विदेशतर्फबाट समेत नेपालमा रुद्राक्ष आयात हुने गरेको छ । यस अवधिमा ४ लाख रुपैयाँ बराबरको १ हजार किलोग्राम रुद्राक्ष आयात भएको छ ।