
काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसिआर परिक्षणबात १५ र एन्टीजेन परिक्षणबाट ९ जनालाई संक्रमण पुष्टि भएको हो ।
११०९ एन्टिजेन परीक्षण गर्दा ९ जनामा र ३२० पीसीआर परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या ७८ रहेको मन्त्रालयले जनाएको छ ।