
काठमाडौँ । आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भएका हुन् ।
रिचार्ड एनगाराभाको बलमा उनी क्याचआउट हुनपुगे । उनले २९ बलमा ५ चौका हिर्काए । नेपालले ३ विकेटको क्षतिमा २४६ रन बनाएको छ ।