
आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी स्वरुप पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिाकामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अल आउट हुँदै मात्र १३५ रन बनायो । नेपालका लागि कुशल मल्ल सर्वाधिक ३७ रनको योगदान गरे ।
उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर आसिफ शेखले २८ रन बनाउँदा कुशल भुर्तेल १६ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले तीन–तीन विकेट लिए । त्यस्तै शफ्यान शरिफले दुई विकेट लिँदा निल र हम्जा ताहिरले समान एक विकेट लिए ।
विश्वकप छनोटका लागि तयारीमा रहेको नेपालले अन्तिम तयारी स्वरुप दक्षिण अफ्रिकामा अभ्यासरत छ ।