
पकिस्तानको कराँची सहरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कराँची सहरको एउटा किनमेल केन्द्रमा भएको आगलागीमा परी अरु २२ जना घाइते भएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । स्थानीय आरजे सपिङ मलमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीमा परी मृत्यु भएका १० जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको कराँचीका मेयर मुर्तजा वहाब सिद्धिकीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् । आगलागी हुनुको कारण स्पष्ट भइसकेको छैन ।