देश
पालिका भवन उद्घाटन गर्न छोरी र ज्वाइँसहित प्रचण्ड उदयपुरमा, सिंहदरबारजस्तै सेवा दिन आग्रह
0 टिप्पणी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरी र ज्वाइँसहित उदयपुर पुगेका छन् । जिल्लास्थित रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्रीले छोरी गंगा दाहाल र कान्छा ज्वाइँ जीवन आचार्यलाई पनि सँगै लगेका हुन् । रौतामाईको भुट्टारमा आज आयोजित समारोहबीच प्रशासकीय भवन उद्घाटन गर्दै उनले गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए । स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले जनतालाई सुलभ सेवा प्रवाह गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।