
पाल्पा । पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।
भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको हो । खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।