
काठमाडौँ– पोखरामा भएको एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
आज बिहान पोखरा महानगरपालिका–२१ कृस्तीमा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिकको मृत्यु भएको हो । दुर्घटनामा बसका चालक र २२ विद्यार्थी घाइते भएका छन्। घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।