
काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक, २०८१ पारित गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
त्यसअघि विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो र बहुमतले पारित गरेको थियो ।
निर्णयार्थ प्रस्तुत गर्नुअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । सो क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित् मन्त्रीले जवाफ दिएका थिए ।