
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा र तनहुँ जाने भएका छन्। प्रचण्ड बिहान ९ बजे गोरखा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी भई त्यसपछि तनहुँ जाने कार्यक्रम छ। तनहुँमा उनी उपनिर्वाचनलक्षित कार्यक्रममा सहभागी हुनेछन् ।
प्रचण्ड आज नै काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।