
काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ ।
नेप्से परिसूचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।
यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।