
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेपछि अहिले नेताहरू फेरि छलफलमा जुटेका हुन् ।
अहिले टीआरसी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र नागरिकता विधेयक अलपत्र छन् । यी विधेयकहरूको बारेमा पनि छलफल हुने बताइएको छ ।