
काठमाडौँ । सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न इजाजतपत्रप्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको निर्णयानुसार जनयुद्ध दिवसको अवसरमासोमबारसार्वजनिक बिदा रहेको छ ।
बिदा रहे पनि नगद कारोबार, चेक क्लियरिङ, RTGS लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०:०० देखि अपराह्न १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।