
बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।विद्युतीय साइकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ ।