
काठमाडौं। ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइसको सडकमा गुडिरहेको ट्रकबाट अचानक ठूलो मात्रामा ग्रेनाइट सडकमा झरेको थियो । गुडिरहको बस त्यही ग्रेनाइटमा चिप्लिएर ट्रकसँग ठोक्किएको थियो । जसमा एउटा कार पनि थिचिएको थियो ।
कारमा रहेका एक जना र ट्रक तथा बसका ३७ जनाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कारमा आगलागी हुँदा बस र ट्रकसमेत जलेका छन् । ज्यान गुमाउनेमध्ये धेरैजना आगलागीमा परेकाहरु रहेको प्रहरीले जनाएको छ ।