
भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण भएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्ममा समाधान भएका ४७ मध्ये ४० उजुरीको मेलमिलापका माध्यमबाट गरिएको न्यायिक समितिले जनाएको छ ।
नगरपालिकामा जग्गा मिचेको, पति पत्नीबीचको झगडा, ज्याला मजदुरी नदिएकोलगायत विषयमा प्रमुख रुपमा उजुरी आउने गरेका छन् । उजुरी परिसकेपछि दुवै पक्षलाई जितको महसुस हुने गरी एकआपसमा समझदारी कायम गरी खुशी बनाएर पठाउने गरेको समितिका संयोजक एवम् भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्कीले बताउनुभयो ।