
नयाँदिल्ली- भारत सरकारले देशका एक करोड युवाहरूलाई आगामी ५ वर्षसम्म इन्टर्नसिपको योजना ल्याएको छ ।
बित्तमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट भाषणका क्रममा देशका एक करोड युवाका लागि आगामी ५ वर्षसम्म ५०० वटा कम्पनीमा इन्टर्नसिपको अवसर दिइने घोषणा गरिन् ।
वित्त मन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणमा भनिन्, ‘सरकार एक करोड युवालाई आगामी ५ वर्षसम्म देशका शीर्ष ५०० कम्पनीमा इन्टर्नसिपको अवसर दिँदैछ । यो इन्टर्नसिप १२ महिनाको हुनेछ । यसमा युवालाई कारोबारको वास्तविक अवस्था जान्ने र अलग-अलग पेशाको चुनौतीसँग जुध्ने मौका मिल्नेछ । यस कार्यक्रमका क्रममा युवाहरूलाई मासिक ५ हजार भत्ता दिइने छ । यसका साथै एकमुष्ट ६ हजार रुपैयाँ पनि दिइनेछ । कम्पनीहरूले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअनुसार प्रशिक्षण खर्च र इन्टर्नसिपको १० प्रतिशत लगाउनुपर्ने छ ।’