
काठमाडौं। भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको ज्यान गएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ ।
अहिलेसम्म ३६ जनाको शव भेटिएको र १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । चालकले बसको नियन्त्रण गुमाएपछि गहिरो खाल्डोमा खसेको थियो ।