
काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असारदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको केरा आयात भएको हो ।
यस अवधिमा नेपालमा ६ करोड २१ लाख ६३ हजार किलोग्राम केरा आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई १९ करोड १२ लाख रुपैयाँ राजश्व बुझाएका छन् ।
नेपाल भित्रिने केरा अधिकांश भारतबाट आउने गरेको छ । यस्तै, इण्डानेसियाबाट समेत नेपालमा केरा आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ । भारतबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा भित्रिएको छ । यस्तै, इण्डानेसियाबाट भने ४० हजार रुपैयाँको केरा भित्रिएको छ ।