
भारतमा पछिल्लो २४ घण्टामा १०,५४२ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ६३५६२ पुगेको छ ।
यसअघि मङ्गलवार जारी महाराष्ट्रको स्वास्थ्य मन्त्रालयको बुलेटिनमा राज्यमा एक दिनमा ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।
यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीड वा सामूहिक समारोहबाट बच्न सल्लाह दिएको छ । वृद्ध, बालबच्चा, गर्भवती महिला र बिरामीहरूलाई बढी सतर्क रहन भनिएको छ ।