
भारतमा पहिलो पटक लिथियमको भण्डार भेटिएको छ । भारतीय भूगर्भ सर्वेक्षणले बिहीबार भारतमा पहिलो पटक लिथियमको भण्डार फेला पारेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जीएसआईले आफ्नो बयानमा जम्मू कश्मीरको रियासी जिल्लामा ५.९ मिलियन टन लिथियमको भण्डार फेला परेको जनाएको छ ।
लिथियम फलामको मात्रा शून्य भएको धातु हो जुन इभी ब्याट्री बनाउन प्रयोग गरिन्छ । भारतले लामो समयदेखि घरेलु स्तरमा यसको आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेको थियो ।
समाचार एजेन्सी एएनआईले आफ्नो रिपोर्टमा रियासी जिल्लाको सलाल–हाइमाना इलाकामा यो भण्डार भेटिएको जनाएको छ ।