
काठमाडौं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि सो रकम विनियोजन गरिएको बताए ।
चालु आर्थिक वर्षमा सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।