
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजावी सुन एक लाख १५ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन सोमबार पनि सुनको मूल्य ५ सयले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कारोबार भएको थियो ।