
काठमाडौँ । नयाँ गठबन्धन बनेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले दुई निर्णय गरेको छ ।
विहिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी आजको बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अँ द स्टाटस अफ वुमनको ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई नतिजा देखिने गरि काम गर्न निर्देशन समेत दिएका थिए ।