
काठमाडौं। रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक रुसी जनरलसहित दुई जनाको मृत्यु भएको छ ।
रुसी समाचार संस्था तासका अनुसार मंगलबार मस्कोमा भएको विस्फोटमा परी ’केमिकल एन्ड बायोलोजिकल प्रोटेक्सन ट्रुप्स’ का लेफ्टिनेन्ट जनरल इगोरकिरिलोभ र उनका सहयोगीको मृत्यु भएको हो ।
रुसी अधिकारीहरूका अनुसार विद्युतीय स्कुटरमा लुकाएर राखिएको डिभाइस पड्किएको हो । किरिलोभलाई युक्रेनमा रासायनिक हतियार प्रयोगमा नजरअन्दाज गरेको भन्दै बेलायतले प्रतिबन्ध लगाएको थियो ।