
महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको एक नेताले बताए ।
महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ ।
टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो ।