जोडिनुहोस
शुक्रबार, फाल्गुन १६, २०८१
शुक्रबार, फाल्गुन १६, २०८१
  • होमपेज
  • महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।

गुठी संस्थान र कोषले साधुसन्तहरुको बर्गिकरण गर्दै त्यहीअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।

वर्ग अनुसार दुई सय देखि ९ हजार रुपैयाँसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक वैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले विदाई गर्ने गरेको उनले बताए ।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथको विभिन्न स्थानमा राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।

धेरै टिप्पणी गरिएका