
काठमाडौँ । प्यासिफिक क्षेत्रको देश पपुवा न्यू गिनी (पीएनजी)का एक मन्त्रीले अस्टे«लियामा महिलालाई आक्रमण गरेकोमा मुद्दा दर्ता भएको छ । पिएनजीका पेट्रोलियम मन्त्री ५८ वर्षका जिम्मी मलादिनाले अष्ट्रेलियामा पुगेर ३१ वर्षकि महिलालाई आक्रमण गरेको भन्दै मुद्दा दर्ता भएको हो ।
शनिबार मात्रै चिनजान भएका मन्त्रीले आइतबार आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । मन्त्रीले अबको चार दिनमा अर्थात् जुलाई ११ तारिकमा अदालतमा हाजिर हुनुपर्ने भएको छ । यहि वर्ष पीएनजीमा मन्त्री बनेका मलादिना प्रभावशाली अनुहार हुन् । उनी पिएनजीका राष्ट्रपति जेम्स मारापेका सल्लाहकार पनि हुन् । देशको ग्याँस भण्डारको व्यवसायीकरणको योजनामा उनी सक्रिय छन् ।