
काठमाडौँ।जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण मुलुकका केही भूभागमा आज हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
विभागका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।
यस्तै, आज दिउँसो मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।