
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धानका लागि आज प्रहरीलाई ५ दिन थप समय दिएको हो ।
प्रसाईं यही मंसिर ४ गते भक्तपुरस्थित अफ्नै निवासबाटै पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए । प्रसाई दुई महिनाको अवधिमा दोस्रो पटक पक्राउ परेका हन् ।
यसअघि उनी गत असोज ६ गते पनि विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका थिए ।