
मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीले बलात्कार गरेको भन्दै दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।