जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

आइतबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ६३ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २३ पैसा निर्धारण भएको छ।

युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ २० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ४६ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ३८ पैसा छ। क्यानिडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ १० पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६४ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ९६ पैसा छ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ३४ रुपैयाँ ९९ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०१ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७४ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ २९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ४२ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८० पैसा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका