
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज फागुन १७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ५७ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०५ पैसा र बिक्री दर १४० रुपैयाँ ६९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७१ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।