
मस्को–युक्रेनविरूद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ ।
रूस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाख रूपैयाँमध्ये पहिलो किस्ताबापत ४५ लाख रूपैयाँ पठाइसकेको र बाँकी केही दिनमै पठाउने जनाइएको छ ।