
काठमाडौं । यूथ थिंकर्स सोसाइटी र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहकार्यमा सञ्चालित ‘एन्क्जाइटी टु एक्सन परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । मानसिक स्वास्थ्य, जलवायु न्याय, र आवास असमानताका विषयमा युवाहरूलाई सशक्त बनाउने लक्ष्यसहित सञ्चालित यो परियोजनाको समापन कार्यक्रम मंगलबार काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर स्कुलमा सम्पन्न भएको हो ।
यस परियोजनामा ब्राइट फ्युचर सेकेन्डरी स्कुल र श्री मंगल सेकेन्डरी स्कुलका विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरूलाई मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, र आवासीय असमानताको प्रभावबारे शिक्षित गराउनुका साथै समाधानमुखी सोच विकसित गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
चार समर्पित युवाको नेतृत्वमा परियोजना अघि बढ्यो
यस परियोजनालाई नुज्जु अवाले, उपमा आचार्य, दिया गुरुङ, र सुरिया बज्राचार्य मिलेर अगाडि बढाएका थिए । उनीहरूको युवा सशक्तीकरण, शिक्षा, सिर्जनात्मकता, र वकालतमार्फत सामाजिक परिवर्तन ल्याउने दृष्टिकोणले कार्यक्रमलाई प्रभावकारी बनाउन मद्दत गरेको थियो ।
कार्यक्रममा नुज्जु अवालेले परियोजनाको प्रभावबारे प्रकाश पार्दै यसको लक्ष्य, चुनौतीहरू, र विद्यार्थीहरूमाथि परेको सकारात्मक प्रभावबारे जानकारी गराइन् । उनले परियोजनाको यात्राका महत्वपूर्ण पक्षहरू स्मरण गर्दै विद्यार्थीहरूले यसबाट वैश्विक विषयहरूको ज्ञान मात्र नभई, आफ्ना समस्याहरू बुझ्ने र समाधान खोज्ने क्षमता पनि विकास गर्न सफल भएको बताइन् ।
विद्यार्थीहरूको सक्रिय सहभागिता
कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो । विशेषगरी मोडल युनाइटेड नेसन्स फरम्याट तथा आर्ट थ्रु एक्सप्रेसन कार्यशाला विद्यार्थीहरूका लागि निकै प्रभावशाली साबित भए । मुन स्टाइल बहसमा, विद्यार्थीहरूले विभिन्न भूमिकामा रहेर मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, र आवासीय असमानताका विषयमा बहस गरेका थिए । यसले उनीहरूलाई नीतिगत छलफल गर्न, तार्किक रूपमा प्रस्तुत हुन, र विश्वव्यापी समस्याहरूलाई गहिराइमा बुझ्न सहयोग ग¥यो । आर्ट थु्र एक्सप्रेसन बहसमा, विद्यार्थीहरूले विभिन्न भूमिकामा रहेर मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, र आवासीय असमानताका विषयमा बहस गरेका थिए । यसले उनीहरूलाई नीतिगत छलफल गर्न, तार्किक रूपमा प्रस्तुत हुन, र विश्वव्यापी समस्याहरूलाई गहिराइमा बुझ्न सहयोग ग¥यो ।
त्यस्तै, आर्ट थु्र एक्सप्रेसन कार्यशालाले विद्यार्थीहरूलाई कलाका माध्यमबाट आफ्ना अनुभव र भावना व्यक्त गर्ने अवसर प्रदान ग¥यो । चित्रकला, कविता, तथा सिर्जनात्मक अभिव्यक्तिहरूबाट विद्यार्थीहरूले आफ्ना भावनात्मक संघर्ष तथा सामाजिक विषयहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सके ।
समापन समारोहमा यूथ थिंकर्स सोसाइटीका सह—संस्थापक क्षितिज भट्टराईले कार्यक्रमको औपचारिक समापन गर्दै विद्यार्थीहरूलाई समुदायमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर लागिरहन प्रेरित गरे । उनले भने, “तपाईंहरू जस्तै युवाहरूको सक्रिय सहभागिता नै समाजमा परिवर्तन ल्याउने प्रमुख तत्व हो । तपाईंहरूले आज सिक्नुभएको कुरा अब समुदायमा लागू गर्ने बेला आएको छ ।” यस्तै शिक्षकहरूले यो परियोजनाले विद्यार्थीहरूको व्यवहारमा कसरी सकारात्मक प्रभाव पारेको छ र यसले उनीहरूलाई चिन्ता हटाउन कसरी मद्दत गरेको छ भनेर पनि सह—संस्थापक भट्टराईले उल्लेख गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो अनुभव साझा गर्दै यस परियोजनाले आफूहरूको सोचमा कसरी परिवर्तन ल्यायो भन्ने विषयमा बोले । एक सहभागी विद्यार्थीले भने, “पहिला मलाई जलवायु परिवर्तनजस्ता विषयहरू ठूला नेता र सरकारका लागि मात्र महत्त्वपूर्ण लाग्थ्यो । तर, अहिले म बुझ्छु कि म जस्ता युवाहरूको सानो कदमले पनि ठूलो प्रभाव पार्न सक्छ।”
अर्का विद्यार्थीले भने, “मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्ने वातावरण स्कूलमा खासै हुँदैन। तर, यहाँ हामीले आफ्ना भावना अभिव्यक्त गर्न सक्ने सुरक्षित स्थान पायौँ। यो मेरो लागि जीवन बदल्ने अनुभव भयो।” यस परियोजनाले विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्नु मात्र नभई, उनीहरूलाई समाजका लागि उत्तरदायी नागरिक बनाउन सशक्त बनाउने कार्य गरेको छ । यूथ थिंकर्स सोसाइटी र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले युवाहरूलाई अझ बढी अवसर प्रदान गर्ने तथा सामाजिक न्यायबारे अर्थपूर्ण छलफल अघि बढाउने प्रतिबद्धता दोहो¥याएका छन् ।
यस परियोजनाको सफल समापनसँगै, आयोजक संस्थाहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने तथा नयाँ पुस्तालाई शिक्षित, सचेत, र सशक्त बनाउने योजनाहरू अघि बढाउने लक्ष्य लिएका छन् । यूथ थिंकर्स सोसाइटीका अनुसार, यस्तो परियोजनाको निरन्तरता आवश्यक छ, जसले युवालाई जागरूक मात्र होइन, कार्यान्वयनमुखी समाधानको हिस्सा बन्न प्रेरित गरोस्।
यस कार्यक्रमले जागरूकता र कार्यान्वयनबीचको खाडल घटाउँदै, युवाहरूलाई सक्रिय नागरिक बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ ।