
राप्रपा नेपालले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।
बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समीक्षा हुने बर्तौलाले जानकारी दिए ।
पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै महत्वकासाथ बैठकमा छलफल हुने समेत बताइएको छ ।
पूर्व राजाको सन्देश पश्चात् पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी हिन्दुवादी र संघीयता विरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिइरहेका छन् ।