
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन् ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ ।
विगतमा जस्तै सामान्य रूपमा संसद् गएर फर्कने पोखरेलले बताए । ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद् पुग्ने बेलामा हुन्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने ।