
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तीन विधेयक प्रमाणीकरण भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका हुन् । जुन विधेयक बजेट कार्यान्वयनसँग सम्बन्धित छन् । मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण भएको जानकारी दिएको छ ।