
राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने भएको छ । शनिवार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहमति नभएकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाको चुनावको सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी भएका चार दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो। लेखकले देशभरीको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताउनु भयो । उहाँले राष्ट्रिय सभाको सदस्य चुनावको विषयलाई लिएर आज ४ बजे फेरि बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्ने जानकारी दिनुभयो ।