
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम अन्तर्गतको सबै जिल्ला भेला समापन भएको छ। पुस २८ गतेबाट सुरु भएको सो भेला आज समापन गरिएको हो ।
पार्टीले सो कार्यलाई सफल बनाउन सहयोग पुर्याउने वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलगायत सम्पूर्णलाई धन्यावादसमेत दिएको छ ।
साथै सम्पन्न भेलाहरूले संगठनलाई थप सुदृढ बनाउने र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान गर्ने रास्वपाको विश्वास छ ।