
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे बस्ने पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको हो ।
कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुनेछ । पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीबारे छलफल हुने उनको भनाई छ ।