
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार कमब्याक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल शबाडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरले २-० गोलले पछि परेको अवस्थामा ३ गोल गर्दै खेल जितेको थियो । अल नासरका लागि निर्णायक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । त्यसअघि टालिस्का र अब्दुलरहमान घरीबले एक एक गोल गरेका थिए ।
त्यसैगरी अल शबाडका लागि क्रिस्टियन गुआनकाले दुई गोल गरेका थिए ।
यो जितपछि अल नासरको २८ खेलमा ६३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लिगमा अब दुई खेल खेल्न बाँकी हुँदा शिर्ष स्थानमा रहेको अल इत्तिहाद भन्दा अल नासर ३ अंकले पछाडी रहेको छ । त्यसैगरी अल शबाडको २८ खेलमा ५३ अंक रहेको छ ।