
काठमाडौं। मकवानपुरमा पहिरोमा परि एक जना बालिकाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–६ की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परि मृत्यु भएको हो ।
स्थानीय जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुश्मा थिङको विद्यालयबाट घर फर्कने क्रममा मृत्यु भएको विद्यालयका शिक्षक मिलन बमजनले बताए । बिहीबार दिउँसो विद्यालय सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरो खस्दा उनको मृत्यु भएको बमजनको भनाइ छ।