
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै विद्युतको बक्यौता उठाउन रोकेको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसदले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन् । साथै बास्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए ।
बास्कोटाले माओवादीको च्याँखे दाउ मात्र थापिरहेको भन्दै सत्ताबाट बाहिर जाने वित्तिकै बङ्गलादेश बनाउने बताएको उल्लेख गरे । बास्कोटाले माओवादीले लेखा समितिको सभापति मागेको प्रसंग उल्लेख गर्दै लेखा समितिको सभापति फेर्ने भए सबै समितिको फेर्नुपर्ने प्रस्ताव अगाडी सारे ।