
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दैछ ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार बेहोरेको छ । जिम्बाब्वेसँग पराजय भोगेको नेपालले अमेरिकालाई भने शानदार प्रदर्शनका साथ हराएको थियो । एकदिवसीय वरियतामा नेपाल १४ औँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् ।