
काठमाडौं। नेपाली बजारमा साताको छैटौं दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।