जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी सिफारिसको तयारी

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी सिफारिसको तयारी

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिले आज अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने तयारी गरेको छ।

छनोट सूचीमा परेका सबै ४० जनाको अन्तर्वार्ता लिने र कार्ययोजना सुन्ने काम सकिसकेको समितिले आज आइतबार दुवै आयोगका लागि अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने तयारी गरेको हो।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले १५६ आवेदकमध्येबाट छानको ४० जनाको छोटो सूची सार्वजनिक गरेको थियो।

समितिले सार्वजनिक गरेको सूची अनुसार अध्यक्षको सूचीमा अच्युतप्रसाद भण्डारी, काशिराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापती, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसी रहेका छन्। भण्डारी र सिंजापतीको आवेदन अध्यक्ष र सदस्य दुवैका लागि छ।

स्रोतका अनुसार अध्यक्षमा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम सिफारिस गर्ने तयारी छ। सुदिप पाठक र काशीनाथ दाहालले पनि अध्यक्षका लागि लविङ गरिरहेका छन्। तर उनीहरुको नाममा सहमति जुट्न नसकेको बताइएको छ।

सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो। समितिलाई दुई महिनाभित्र कार्यअवधि दिइएको थियो।

दुई आयोगका पदाधिकारीका लागि एक सय ५६ जनाको आवेदन परेको थियो। सिफारिस समितिको कार्यअवधि आगामी पुस २ गतेसम्म रहेको छ।

धेरै टिप्पणी गरिएका