जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीयः पूर्वसभामुख सापकोटा

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीयः पूर्वसभामुख सापकोटा

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान सभा अध्यक्ष नेम्वाङको मृत्युको खबरले स्तब्ध बनाएको बताएका छन् ।

मंगलबार शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

संविधान सभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे ।

नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताए ।

एमाले उपाध्यक्ष नेम्वाङको मंगलबार हृदयाघातका कारण मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका