
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङदेनले ओलीको राजीनामा मागेका हुन्। अध्यक्ष लिङ्गेनले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन सार्वजनिक भएको उल्लेख गर्दै कार्यसम्पादन मूल्यांकनमा उत्तीर्ण अंक नल्याएको भन्दै राजीनामा भएका हुन् ।
‘कार्यसम्पादन मूल्यांकनमा कमजोर भएका मन्त्रीहरू लाई कारबाही कसले गर्ने हो रु ‘ उनले भने, ‘आफूलाई मन लागेको मान्छे काम पनि गरेको छ । निरीह कर्मचारीलाई दण्ड चलाएका छ । सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। ‘
प्रधानमन्त्री केपी शर्मा ओली र लिङ्देन झापानीवासी हुन्। २०७९ को निर्वाचनमा झापामा राप्रपा र एमालेले सहकार्य गरे पनि पछिल्लो समय सरकारप्रति राजेन्द्र लिङ्देन असन्तुष्ट रहँदै आएका छन्।